nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा गाभिएला त आग्रा, चित्लाङ र टिष्टुङ ?

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा कुन कुन गाविस गाभ्ने भन्ने विषयमा छलफल भएको छ ।

थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको छलफलमा चित्लाङ, टिष्टुङ र आग्रा गाविसबासीले आफ्नो गाविस थाहा नगरपालिकामा गाभ्दा हुने फाईदा र बेफाइदाको विषयमा आ–आफ्नो मत राखेका थिए । 

थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले संचालन गरेको छलफलमा प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य एवं जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विष्णुकुमार महतको सभाध्यक्षतामा भएको थियो । 

यस अघि स्थानीय तह पुनःसंरचना आयोग समक्ष थाहा नगरपालिकामा आग्रा, टिष्टुङ र चित्लाङ गाविसलाई गाभ्ने प्रस्ताव गरिएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)