Monday, 15th June, 2026
वि.स.

थाहामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १५ चैतमा यस्तो गरियो [प्रतिवेदन सहित]

IMGL0707-1585411860.JPG

मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण गरेको छ । थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको ओम अध्याय रिट्रिटले उपलब्ध गराएको कोठा र स्थानमा २५ कोठामा क्वारेनटाइन तयार गरेको हो । २५ मध्ये ५ वटा कोठालाई हाई केयरको रुम बनाइएको छ । क्वारेन्टाइनमा डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी रहने भएका छन् ।

त्यस्तै थाहा नगरपालिकामा अन्य मुलुकबाट आएका नेपालीहरुको पनि अनुगमन तथा तथ्याङ्क संकलन भैरहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनीहरुको घरघरैमा डाक्टर पुगेर स्वास्थ्य जाँच गर्ने तथा ट्राभल हिस्ट्री लिइएको छ । कोरोना भाइरस रोकथामका लागि थाहा नगरपालिकाले गर्ने गरेको कार्यको दैनिक रिपोटिङ थालिएको छ भने सम्बन्धीत निकायमा पठाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरलिे जानकारी दिए । 

हेर्नुहोस् चैत १५ गतेको रिपोर्ट:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०