nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर प्रमुख विष्टले भने–काम ठग्ने र आर्थिक लोभीलाई छोड्दिन
थाहामा उपभोक्ता समितिलाई अनुशिक्षण

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समिति मार्फत संचालन गर्ने योजनाको उपभोक्ता समितिका पदाअधिकारीहरुका लागि अनुशिक्षण दिएको छ । थाहा नगरपालिकाको वडा नं. ५ र ६ मा गठन भएका उपभोक्ता समितिका पदाअधिकारीहरुका लागि २१ साउनमा ६ नम्बर वडा कार्यालय बज्रवाराहीमा अनुुशिक्षण दिएको हो । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्य तथा थाहा नगरपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष विष्णु बहादुर गुरुङको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा ५ नम्बर वडाका ५ र ६ नम्बर वडाका ३ वटा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमका दुवै वडाका अध्यक्ष सहित निर्वाचित जनप्रतिनीधिहरुको समेत सहभागिता रहेको थियो । 

सहभागीहरुलाई उपभोक्ता समिति गठन प्रक्रिया, अपनाउनु पर्ने विधिहरु, अनुगमन मुल्याङ्कन तथा उपभोक्ता समितिले गठनदेखि भूक्तानी र योजनाको दिगो व्यवस्थापनका उपायहरुको विषयमा समेत सहजीकरण गरिएको थियो । उपभोक्ता समितिका पदाअधिकारीहरु तथा जनप्रतिनीधिहरुलाई नगर प्रमुख लवशेर विष्ट, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, लेखा अधिकृत शिवप्रसद देवकोटा, इन्जिनियर सन्तोष बोहरा, सूचना अधिकारी सुरजकुमार भुजेललगायतले सहजीकरण गरेका थिए । 

कार्यक्रममा उपभोक्ता समितिलाई स्वच्छ भावनाले विकासका लागि जुट्न नगर प्रमुख लवशेर विष्टले अनुरोध गरे । विष्टले भने–‘भ्रष्टचारको मुद्दामा शुन्य सहशीलता अपनाइने छ, यदि त्यस्तो कार्यमा उपभोक्ता वा कर्मचारी लागेमा कारबाही गरेरै छाड्छु ।’ उपभोक्ता समितिले काम ठग्ने र प्राविधिकले आर्थिक लोभ गरे प्रमाणका आधारमा दुवैलाई कारबाही हुने विष्टको भनाइ छ । वडाबाट जनप्रतिनीधिहरुले कार्य सम्पन्नको आधारमा मात्र भुक्तानीका लागि सिफारिस गर्न प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जनप्रतिनीधिलाई आग्रह गरे । उनले भने, वडास्तरीय अनुगमन समितिले दृढ भएर काम गर्नु प¥यो, यसले विकास कार्यलाई पारदर्शीतामा सघाउ पु¥याउनेछ । 

कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदीले आर्थिक वर्षको शुरुवातमै उपभोक्ता समितिलाई तालीम दिएकाले योजना संचालनमा निकै सहजता ल्याउन सक्ने विश्वास व्यक्त गरे । उपभोक्ता समितिलाई जिम्मेवार बनाउन तालीम फलदायि हुने वडा अध्यक्ष सुवेदीको भनाइ छ ।  ५ नम्बर वडा अध्यक्ष विष्णु वहादुर गुरुङले उपभोक्ता समितिलाई दिइएको तालीमले योजना संचालनमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।  कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्र बहादुरबलामी, ६ नम्बर वडा सचिव सुनिल लामिछानेलगायतकाको आतिथ्य रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)