nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका दीर्घसेवी शिक्षकलाई सम्मान
एसईईमा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान

DSC_1757-1567942979.JPG

मकवानपुरको थाहा नगरपालिकाले चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा दीर्घसेवी शिक्षक एवं उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान गरेको छ ।

“हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणली सबलिकरण” भन्ने नाराको साथमा थाहा नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा ४ जना शिक्षकलाई ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजना अन्तर्गत दीर्घसेवी शिक्षक सम्मान गरिएको छ । ३० वर्ष शिक्षण सेवामा लागेका थाहा नगरपालिका ३ का ध्रुब सिंह विष्ट, २९ वर्ष शिक्षण सेवा गरेका हेटौंडा उ.म.न.पा. का राजेश शर्मा पौड्याल, ४१ वर्ष शिक्षण सेवा गरेका थाहा २ का दीपेन्द्रराज प्रधान र ३१ वर्ष  शिक्षण पेसामा सेवा गरेका थाहा २ कै भुपेन्द्र कुमार हमाल ठकुरी सम्मानित भएका छन् । उनीहरुलाई नगद १ लाख रुपैयाँ सहित स्वर्ण पदक, कदर पत्र र खादाले सम्मान गरिएको थियो ।


    कार्यक्रम मार्फत २०७५ सालको एस.ई.ई.को नतिजामा उत्कृष्ट जिपिए ल्याउन सफल सामुदायिक र संस्थागत दुबै विद्यालयका छात्र, छात्रा, विषयशिक्षक र उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको छ । सामुदायिक तर्फ २.८१ जि.पि.ए ल्याएर सुनौला मा.वि. प्रथम भएका छन् भने २.५ जि.पि.ए ल्याएर स्वच्छन्द भैरव मा.वि द्वितीय भएका छन् । यस्तै संस्थागत तर्फ २.९८ जि.पि.ए सहित इ–अन एकेडेमी प्रथम भएको छ भने २.८८ जि.पि.ए सहित पालुङ इङ्गलिस स्कुल द्वितीय हुन सफल भएका छन् । थाहा नगरपालिका भित्रका सम्पूर्ण विद्यालयका प्रद्यानाध्यापकहरु मध्येमा नैउत्कृष्ट प्र.अको रुपमा सुनौला मा.वि. का कृष्ण प्रसाद लामिछाने सम्मानित भएको छ । कार्यक्रममा एस.ई.ई.को नतिजामा उत्कृष्ट जिपिए ल्याउन सफल विभिन्न विद्यालयका छात्र तथा छात्राहरुलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुुख तथा कार्यक्रमका प्रमुख अतिथि रघुनाथ खुलालले थाहा नगरपालिकालाई माथि उठाउन चेतना र शिक्षा अनिवार्य भएकाले नगरको विद्यालयहरुमा शिक्षाको स्तर र चेतना स्तर बढाउन सबैले पहल गर्न जरुरी रहेको सुझाए । विद्यालयको वातावरणलाई राम्रो गर्न सबै विद्यार्थी, अभिभावक र शिक्षकहरु मिलेर लागेमा कठिन नभएको बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।



DSC_1757-1567943008.JPG