nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा अनुसन्धान प्रतिवेदन माथि छलफल

थाहा नगरपालिकाको संयूक्त वडा सेवा केन्द्र दामनमा ‘नेपालमा मृगौला बेचविखन सम्बन्धी अनुसन्धान प्रतिवेदन बारे जानकारी तथा वितरण’ कार्यक्रम सम्पन्न भएको छ । 
जन अधिकार संरक्षण मञ्च नेपालको आयोजनामा १६ असोजमा भएको कार्यक्रममा थाहा नगरपालिकामा क्रियाशील गैर सरकारी संस्थाका प्रतिनीधि, गाउँ स्तरी मानव बेचविखन तथा ओसार पसार समितिका पदाअधिकारी, पत्रकार तथा स्थानीय निकायका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम द एशिया फाउण्डेश र युएसएआडीको सहयोगमा संचालन भएको हो । 
सहभागीहरुलाई अधिवक्ता मुकुन्द अधिकारीले सहजीकरण गरेका थिए । जन अधिकार संरक्षण मञ्च नेपालका निर्देशक शतिस शर्माले कार्यक्रमको उद्देश्यको विषयमा सहभागीहरुलाई प्रष्ट्याएका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, बालकल्याण समाज मकवानपुरका परियोजना संयोजक कुमार नेगी, पत्रकार सुरजकुमार भुजेललगायतकाको उपस्थिती रहेको थियो ।