nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर स्काउट परिषदमा १० जनाकाे उमेद्वारी

IMG_20240107_224622-1704647070.jpg

थाहा नगरपालिकामा स्थानीय स्काउट परिषदकाे निर्वाचन अन्तर्गत उमेदवारहरुकाे मनाेनयन सम्पन्न भएकाे छ ।

नेपाल स्काउटकाे केन्द्रीय निर्वाचन कार्यक्रम अनुसार थाहा नगरपालिकामा २२ पुसमा उमेदवारी मनाेनयन कार्यक्रम सम्पन्न भएकाे हाे ।

निर्वाचन अधिकृत दिपकसिंह विष्टका अनुुसार परिषदका लागि निर्वाचन हुने १० जना सदस्यका लागि आईतबार १० जनाले मनाेनयन दर्ता गराएका छन् ।

मनाेनयन पत्र दर्ता गराउनेहरुमा पुरुषतर्फ गणेशमान श्रेष्ठ, विनाेद लामिछाने, रामबहादुर महर्जन, कृष्णप्रसाद लामिछाने र कुमार नेगी रहेका छन् भने महिलातर्फ मिना महर्जन, सुमित्रा  केसी,   सावित्री केसी,  गंगा नेपाल र रेनुका गुरुङ रहेका छन् । समावेसी सिद्धान्त अनुसार स्थानीय स्काउट परिषदमा ५ जना पुरुष र ५ जना महिला निर्वाचित हुने व्यवस्था छ ।

अब २५ पुसमा उमेदवारकाे अन्तिम नामावली घाेषणा हुने र २७ पुसमा निर्वाचित घाेषणा गरी प्रमाणपत्र दिने तालिका रहेकाे निर्वाचन अधिकृत विष्टले जानकारी दिए ।

निर्वाचित सदस्यहरुसहित नगर उपप्रमुख भरत गाेपालीकाे अध्यक्षतामा बस्ने बैठकले एकजना स्थानीय आयुक्त चयन गरी नियुक्तिका लागि नगर प्रमुखसमक्ष सिफारिस गर्ने प्रावधान छ । 

स्काउट नियमावली अनुसार नगर उपप्रमुखकाे अध्यक्षतामा स्थानीय स्काउट परिषद गठन हुने र स्थानीय आयुक्तकाे अध्यक्षतामा स्थानीय कार्यसमिति गठन हुने प्रावधान छ । स्थानीय स्काउटकाे संरक्षक नगर प्रमुख र सदस्य सचिव शिक्षा शाखा प्रमुख रहने व्यवस्था छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)