nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर घुम्न आएकालाई पर्यटकीय गन्तव्यको प्रस्तुतिकरण

Thaha-Parichaya-1577589782.JPG

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा थाहा नगरपालिकाले आफ्नो नगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने कार्यलाई तिव्रता दिएको छ । पर्यटकलाई थाहानगर भित्र्याउन र टिकाउन केन्द्रित रहेर विविध कार्यक्रमहरु संचालन गरिएको नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिए ।

प्रचारात्मक कार्यलाई सबै एकजुट भएर संचालन गर्नको लागि मेयर विष्टले आव्हान समेत गरेका छन् । यसै सन्दर्भमा थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको संयोजनमा १२ पौषमा थाहामा घुम्न आएका आन्तरिक पर्यटकहरुका लागि थाहानगरको चिनारी विषयक प्रस्तुतिकरण तथा छलफल कार्यक्रम भएको छ । 

ए वान होस्टेल बसी काठमाण्डौमा अध्ययन गर्दै गरेका मुलुकका विभिन्न जिल्लाका विद्यार्थीहरुका लागि नगरपालिकाको सहयोगमा फरकसोचले कार्यक्रम संचालन गरेको हो । शिखरकोटको शंकर होटलमा भएको प्रस्तुतिकरण कार्यक्रम फरक सोचका अध्यक्ष यादवजंग रायमाझीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका पर्यटकीय क्षेत्रका विभिन्न फोटोहरु प्रस्तुतिकरण गरिएको थियो । सहभागीहरुले थाहानगर काठमाण्डौंबाट नजिकको घुमफिरको गन्तव्य भएको धारणा राखे । उनीहरुले एक दिनमा हैन प्याकेजमै घुम्न आउनुपर्ने महशुस भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा फरकसोचका भद्रध्वज गौतम, रामकुमार कार्की, गणेश विष्ट, थाहा नगरपालिकाका सूचना अधिकारी सुरज भुजेल तथा भ्रमण टोलीको नेतृत्व गर्दै आएका रामकुमार तामाङ तथा प्रतिनिधिहरुलगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।  



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)