nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर क्षेत्रको खानेपानी मुहानहरुको पानी प्रयोगशालामा के आयो नतिजा ?

Water-1557399366.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रको खानेपानी मुहानहरुको पानी स्वच्छ भएको पाइएको छ । नगरपालिकाले नगर क्षेत्रका विभिन्न सात पिउने पानीको मुहान र धाराको पानी प्रयोगशाला  परीक्षण गराएकोमा स्वच्छता पाइएको हो । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार टौखेल खानीपानी उपभोक्ता समूह, सिस्नेरी खानपानी उपभोक्ता समिति, कुन्छाल उपभोक्ता समति बज्रवाराही, दामन खानेपानी उपभोक्ता समिति अन्तर्गतको गरिएको हो । त्यस्तै भोट खोरिया खानेपानी उपभोक्ता समिति, बागेश्वरी खानेपानी उपभोक्ता समिति र देउखेल खानेपानी उपभोक्ता समितिको मुहान तथा धाराको पानी परीक्षण गरिएको हो । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पिउने पानीको गुणस्तर परीक्षण गरिएको प्रमुख बलामीले जानकारी दिए । 

हेटौंडा खानेपानी व्यवस्था बोर्डको प्रयोगशालामा पानी परीक्षण गरिएको  हो । प्रयोगशालाले नगरपालिकालाई दिएको पानी गुणस्तर परीक्षण रिपोर्टमा ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी छ ।’
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)