nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरले गर्याे शिक्षक नियुक्तिका लागि सिफारिस

Eddas-1638801601.jpg

मकवानपुर थाहा नगरपालिकाले पालिका अन्तर्गत रहेका विद्यालयहरुमा रिक्त पदपूर्तिका लागि एकद्वार विधिबाट करार शिक्षक छनोट गरेको छ । छनोट गरिएका ६ शिक्षकलाई ५ विद्यालयमा २० मंसिरमा एक कार्यक्रमकाबीच विद्यालयलाई नियुक्तिको लागि सिफारिस गरेको छ । 

थाहानगर शिक्षा समितिले प्राथमिक तहका लागि छनोट गरेको शिक्षकहरु मध्ये जलदेवी प्रा.वि. थाहा–९ मा २ जना, उदय प्रावि थाहा–६, काला गणेश प्रावि थाहा–७, इन्द्रायणी मावि थाहा–८ र कल्याण प्रावि थाहा–५ मा १÷१ जना शिक्षक नियुक्तिका लागि सिफारिस गरेको हो । नगरका तीन शिक्षकले चालु आर्थिक वर्षमा स्वेच्छिक अवकाश लिएका थिए भने १ जनाको मृत्यु, १ जना सरुवाभई अन्यत्र गएको र एक रिक्त दरबन्दी रहेकोमा तिनको करार शिक्षकबाट पदपूर्तिका लागि पालिकाले सिफारिस गरेको शिक्षा शाखाले जनाएको छ । 

पालिकाले लिएको परीक्षाबाट १७ जना उतीर्ण भएका थिए । बाँकी ११ जना प्रतिक्षा सूचीमा रहेको शिक्षा शाखाका देबेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार–‘प्रतिक्षा सूचीमा रहेका शिक्षकलाई पालिका अन्तर्गतका विद्यालयमा शिक्षक रिक्त हुँदा खटाइने छ’, उनीहरुको म्यद २०७८ चैत्र मसान्तसम्म मात्र हुनेछ–कार्कीले भने ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)