Monday, 15th June, 2026
वि.स.

थाहानगरले अवलोकन भ्रमण प्रकृतिको कार्यक्रम संचालन नगर्ने

Nirnaya-1588219270.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि स्वीकृत गरेको अवलोकन भ्रमण, तालिम तथा क्षमता अभिवृद्धिका प्रकृतिका कार्यक्रमहरु संचालन नगर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसबाट सर्ने कोभिड १९ को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण थाहानगर कार्यपालिका बैठकले यस्तो कार्यक्रम संचालन नगर्ने निर्णय गरेको हो । यद्यपि सशर्तका कार्यक्रमहरु भने संचालन गर्ने निर्णय गरेको छ । 

त्यस्तै स्थानीय स्रोत र साधनबाट संचालन गर्न सकिने विकास निर्माणका कायृक्रमहरु भने संचालन गर्ने नगरपालिकाले निर्णय गरेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०