nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा होटल एशोसिएशनको अध्यक्षमा खत्री चयन

थाहा होटल एसोसिएसन विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको छ । 

मकवानपुर उत्तरी क्षेत्रका होटल व्यवसायीहरु आवद्ध भएर एशोसिएशन गठन गरिएको हो । संस्था दर्ता ऐन २०३४ बमोजिम संस्था दर्ता भएको एशोसिएशनको अध्यक्षमा गौरी शंकर होटल दामनका संचालक शिवकुमार खत्री चयन भएकाछन् । एशोसिएशनको उपाध्यक्षमा चित्लाङ रिसोर्टका रामशरण नेपाल, सचिबमा होटल फेमेलीका उकेश चन्द्र केसी र कोषाध्यक्ष होटल सुनगाभाका सुमन विष्ट रहेकाछन् ।  

यसैगरी सदस्यहरुमा सन्तोष कार्की, अमित पाख्रिन, देवेन्द्र नेपाल, ललित सिं ठकुरी र कर्मज्ञान अमात्य रहेका छन् । संस्था विधिवतरुपमा दर्ता भएपछि अब कार्ययोजना बनाएर होटल व्यवशायको क्षेत्रमा कार्य गर्ने अध्यक्ष खत्रीले बताए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)