nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सामुदायिक वन अधिकारसम्बन्धी परामर्श तथा अन्तरक्रिया

IMG-20240302-WA0000-1709379736.jpg

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिति मकवानपुरले  थाहा नगरपालिकाका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु तथा सरोकारवालाहरुसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरुबाट सामुदायिक वन अधिकार सुनिश्चितता विषयमा १८ फागुनमा सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । 

सामुदायिक वन उपभोक्ता महासंघ नगर कार्यसमिति थाहा नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा जिल्ला कार्यसमितिका अध्यक्ष साधुराम चौंलागाइको अध्यक्षता तथा केन्द्रीय सदस्य रामहरि चालागाईको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौलागाइले कानूनहरुद्वारा प्रदत्त अधिकारको उपयोग गर्न स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरे । ‘त्यसको लागि आफूहरुमा क्षमता अभिवृद्धि हुनुपर्छ र विधान तथा कार्ययोजना स्पष्ट हुनुपर्छ, उनले भने–‘आफ्नो सामुदायिक वनहरुको श्रोत सर्वेक्षण तथा सम्भाव्यता अध्ययन गरी उद्यम विकासका कार्यक्रमहरुमार्फत् रोजगारी सिर्जन गर्न सकिन्छ ।’

कार्यक्रममा कतिपय पालिकाहरुले कार्यपालिकामा वन कर्मचारीको नियुक्त गरिसकेको जानकारी दिँदै जिल्ला कार्यसमितिका अध्यक्ष चौलागाईले थाहा नगरका सामुदायिक वनहरुको व्यवस्थापनमा प्राविधिक सहयोगका लागि नगरपालिकामा वन तथा वातावरणसँग सम्बन्धित कर्मचारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा सामुदायिक उपभोक्ता महासंघ जिल्ला कार्यसमिति कोषाध्यक्ष बलराम अधिकारी, सदस्य शिबराम थापा, थाहा नगर कार्यसमिति अध्यक्ष गणेशमान श्रेष्ठ, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष सरोज प्रधान, थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी, थाहा नगर कार्यसमिति उपाध्यक्ष मञ्जु केसी, सचिब भवानी प्रधान लगायतले बोलेका थिए । त्यसैगरी अन्तरक्रिया तथा परामर्श कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता समहूका पदाधिकारी तथा सदस्यहरु नहकुल बिडारी, गणेश बलामी, रेनुका गुरुङ, कृष्णमान श्रेष्ठ, दिपा खत्री, कमलकुमार केसी लगायतले आआफ्नो भनाइ राखेका थिए । 

टेनर फेसिलिटी, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ग्रिन फाउण्डेशन नेपाल र सिप्रेडको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)