nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सचिन मेमोरियन छात्रबृत्ति कोषबाट छात्रबृत्ति वितरण 

TY-1529230784.jpg

मकवानपुर थाहा नगरपालिकामा थाहा–२ स्तरीय छात्रबृत्ति वितरण कार्यक्रम भएको छ । रोजगारीको क्रममा कोरियामा स्वर्गिय भएका सचिन श्रेष्ठको स्मृतिमा स्थापना भएको स्वर्गिय सचिन मेमोरियन छात्रबृत्ति कोषबाट छात्रबृत्ति वितरण कार्यक्रम भएको हो । साविक पालुङ गाविस पूर्व अध्यक्ष श्यामभक्त श्रेष्ठको प्रमुख आतिथ्यता तथा पालुङ युवा समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठको सभाध्यक्षतामा छात्रवृत्ति वितरण कार्यक्रम भएको हो । 
स्थानीय जनकल्याण मावि, मत्स्यनारायण मावि र सरस्वती निमाविका कुल ६ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको हो । जस अन्तर्गत जनकल्याण माविका कक्षा ६ मा अध्ययरत संजिता श्रेष्ठ र कक्षा ९ का सविना केसी, मत्स्यनारायण माविका कक्षा ९ का रुदेश कार्की, त्यसैगरि कक्षा ९ का नै पवित्रा तोलाङ्गे  र सरस्वती आधारभूत विद्यालय कक्षा ७ का शिशिर खड्का र कक्षा ४ का मुस्काल पुजारीलाई छात्रबृत्ति प्रदान गरिएको हो । प्रत्येक विद्यार्थीहरुलाई रु ३ हजार ५ सय बराबरको शैक्षिक सामागी तथा पोशाक वितरण गरेको हो । कार्यक्रमको अवसरमा विद्यालयलाई प्राथमिक उपचार बाकस वितरण गरिएको थियो । 

आफ्नो छोराको स्मृतिमा छात्रवृत्ति वितरण गर्ने जस्तो पवित्र काम गर्न पाएकोमा साह्रै खुशी लागेको कोषका संरक्षक तथा स्वर्गिय श्रेष्ठका पिता सम्पूर्ण श्रेष्ठले धारण व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि तथा साविक पूर्व गाविस अध्यक्ष श्यामभक्त श्रेष्ठले स्वर्गिय सचिन श्रेष्ठको स्मृतिमा भएको छात्रबृत्ति वितरण कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै सबैले यस प्रकारको कार्य गर्नुपर्ने बताए । 

कार्यक्रमका सभापति समेत रहेका विजय विक्रम श्रेष्ठले सामाजिक उत्तरदायित्व भाईचारा र सहकार्यको आफ्नो मूल नारा अनुसारको कार्यक्रम गरेको भन्दै यस प्रकारको कार्यक्रम आगामी दिनमा पन निरनतरता दिन र यसलाई अझै व्यापक बनाउदै जाने बताए । कोषका बारेमा कोषाध्यक्ष विजयमान श्रेष्ठले जानकारी गराएका  थिए ।  

कार्यक्रममा समाजसेवी राजु नापित, मत्स्यनारायण माविका शिक्षक दिपेन्द्रराज प्रधानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समाजका सचिव रोजन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम युवा समाजका संजित श्रेष्ठले सञ्चालन गरेका थिए ।