Tuesday, 16th June, 2026
वि.स.

थाहानगरमा शिक्षकलाई अनलाईन तालिम

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगरको आयोजनामा अनलाइन विधिबाट तालीम  शुरु भएको छ । गुगल मिट एपमार्फत संचालन तालिम संचालन गरिएको हो । शिक्षक र स्थानीय सरकारबीच शैक्षिक अन्तक्रिया कार्यक्रमको रुपमा ५ दिन सम्म संचालन हुने तालिमको उद्घाटन सत्र संगठनका अध्यक्ष रमेशमान डंगोलको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा तथा विशिष्ट अतिथि थाहा नगरपालिका नगर प्रमुख लबशेर विष्ट रहेका थिए । प्रमुख अतिथी विष्टले व्यानर वाचन गरि कार्यक्रमको उदघाट्न गरेका थिए । उदघाटन कार्यक्रममा कोरोना भाइरस कोभिड १९ को संक्रमणको कारण भएको लकडाउनको समयमा थाहानगरमा शिक्षण कार्य कसरी अगाडी वढाउने र प्रभावकारी बनाउनके गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो । 

प्रमुख अतिथि शर्माले आफ्नो मन्तव्यको क्रममा लिडरशिप क्वालिटी विकास गर्ने सवालमा शिक्षकहरुलाई ध्यानाकर्षण गराउँदै भविष्यमा समेत निरन्तरता पाउने गरी प्रविधिमा अव्वल हुने शिक्षकको रुपमा स्थापित हुन अनुरोध गरे ।कार्यक्रममा विशिष्ट अतिथि लवशेर विष्टले कार्यक्रमका लागि कार्यक्रम र योजनाको लागि मात्र योजना नभई हरेक कार्यक्रमलाई प्रभाकारीता बनाउनु पर्ने कार्यमा जोड दिए । उहाँले परिस्थिति हेरी शिक्षकले जे सम्भव छ त्यही विधि अपनाइ विधार्थीसम्म पुग्नु पर्ने सुझाव दिए ।  

कार्यक्रममा नेराशिसंका जिल्ला अध्यक्ष श्रीराम दहाल, नेपाल शिक्षक महासंघ केन्द्रिय समिति सदस्य सानोभाई कार्की, थाहानगर शिक्षा समिती सदस्य तथा वडा नं ६ का अध्यक्ष शशिधर सुवेदी, मोचानाथ न्यौपानेलगायतले अहिलेको विषम परिस्थितिमा शिक्षकले गर्न सकिने सम्भाव्यता अध्ययन गरि प्रभावकारी कार्यक्रम अघि बढाउनु पर्ने कुरा माजोड दिए । कार्यक्रममा राष्ट्रिय समिती कोषाध्यक्ष जय प्रकाश पोखरेल, थाहानगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, नेराशिसं राष्ट्रिय समिती सदस्य पद्मा पौडेल, सचिवालय सदस्य मोहन शर्मा, राष्ट्रिय परिषद सदस्य रमेश लामिछाने, प्रदेश कमिटीका पदाधिकारीहरु, विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

५ दिनसम्म निरन्तर चल्ने कार्यक्रममा अनलाइन कक्षा संचालन सम्वन्धमा विभिन्न प्रशिक्षकहरुवाट विविध विषयमा कक्षा संचालन हुनेछ । कार्यक्रममा करिव एक सय जना शिक्षकहरुको सहभागिता रहेको थियो ।पहिलो दिनको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व क्षेत्रीय अध्यक्ष रुपचन्द्र गोपालीले वैठकमा छलफल हुने विषयवस्तुको वारेमा जानकारी गराएका थिए । फेसवुक लाइभ व्यवस्थापन राम महर्जनले गरेका थिए । एनटीए थाहानगरका उपाध्यक्ष अम्विका लामिछानेले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम संचालन नगर सचिव मनोज लामिछानेले गरेका थिए ।

कार्यक्रम हरेक दिनविहान ठिक ११ बजे वाट शुरु हुनेछ । कार्यक्रमको समापन संगठनका अध्यक्ष रमेशमान डंगोलले थाहानगरका सम्पुर्ण शिक्षकहरुलाई यस महत्वपुर्ण कार्यक्रममा सहभागि हुन अनुरोध गर्दै सम्पुर्ण अतिथिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।