Tuesday, 16th June, 2026
वि.स.

थाहानगरमा लागू भएको निषेधाज्ञाको समिक्षा, प्रभावकारी भएको निचोड

Baithak-1598279060.jpg

थाहा नगरपालिकामा जारी निषेधाज्ञाको समिक्षा गरिएको छ । थाहा नगरपालिकाको पालुङ जेसीज सभाहलमा ८ भाद्रमा भएको बैठकमा हाल कायम निषेधाज्ञा प्रभावकारी भएको र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगेको प्रक्रिया दिए । 

बैठकमा सहभागी नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेसका थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझी, थाहानगर सहकारी संजालका अध्यक्ष महेश्वर सुवेदी लगायतले निषेधाज्ञा प्रभावकारी भएको प्रतिक्रिया दिए । बैठकमा निषेधाज्ञाको अवधिमा गरिएको अनुगमनको अवस्थाको विषयमा नगर उपप्रमुख खड्ग गोपालीले ‘ब्रिफिङ’ गरेका थिए । सो बैठकमा नगर प्रमुख लवशेर विष्टले कोरोनाबाट बच्नको लागि कसैले भनिदिएर नभई आफै सचेत भए बच्न सकिने सुझाव दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको बैठकमा प्याब्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा होटल एशोसिएशनमा अध्यक्ष शिवकुमार खत्री, लायन्स क्लब अफ थाहाका अध्यक्ष उद्धव विडारी, लियो क्लब अफ थाहाका मनोज ढकाल, राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरका अध्यक्ष प्रमोद जोशी, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सदस्य गण्शेमान श्रेष्ठ लगायत स्थानीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । 

छलफलमा थाहा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी, उद्योग वाणिज्य संघ, थाहा होटल एसोसिएसन लगायत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०