Monday, 15th June, 2026
वि.स.

थाहानगरमा लकडाउन उलंघन होला है

LUCkkk-1585015166.jpg

मकवानपुर थाहा नगरपालिकाले लकडाउनको समयमा घर बाहिर ननिस्कन आग्रह गरेको छ । 

कोभिड–१९ को संक्रमण नियन्त्रणलाई मध्येनजर गरेर संघीय सरकारको आदेश बमोजिम अत्यावश्यक बाहेकका सेवाहरुलाई बन्द गर्न समेत नगरपालिकाले आग्रह गरेको छ । 

सार्वजनिक ठाउँमा नननिस्कन तथा घरैमा सुरक्षित भएर बस्न नगर प्रमुख लवशेर विष्टले आग्रह गरेका छन् ।  

उल्लंघन गरे के हुन्छ ?

उच्चस्तरीय समितिद्वारा जारी आदेश कार्यान्वयन गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई तोकिएको छ । संक्रामक रोग ऐन २०२० अनुसार जारी आदेशलाई अब सीडीओले स्थानीय प्रशासन ऐनसमेतले दिएको अधिकार प्रयोग गरी कार्यान्वयन गर्नेछन् ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा विशेष व्यवस्था गर्ने अधिकार छ । ऐनको दफा २ को उपदफा १ मा ‘नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ’ भन्ने उल्लेख छ ।
त्यस्तै उपदफा २ मा ‘नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ’ भन्ने व्यवस्था छ ।

उक्त ऐनअनुसार जारी भएको आदेश पालना नगर्नेलाई सीडीओमार्फत कारबाही हुनेछ । आदेशलाई अपहेलना गर्ने व्यक्तिउपर १ महिनासम्म कैद वा १००।– सम्म जरिवाना वा दुवै सजाय हुनेछ । आदेश कार्यान्वयन गर्ने अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा छ सयसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०