Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा मुक्तिनाथ हरियाली कृषक सहकारी संस्थाको उद्घाटन

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ मा मुक्तिनाथ हरियाली कृषक सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले सहकारी संस्थाको उद्घाटन गरेका हुन् । 

कार्यक्रमको विशेष अतिथी थाहानगरका उपप्रमुख खड्ग बहादुर गोपाली रहेका थिए । ‘मुक्तिनाथ हरियालीको एउटै काम, कृषि समस्याको समाधान’ भन्ने नाराको साथ स्थापना भएको सहकारीको उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष माधव कार्कीको सभाध्यक्षतामा भएको थियो । 

कार्यक्रममा थाहा नगरपालिका २ नम्बर वडा अध्यक्ष गुप्त बहादुर कार्की, कृषि सेवा केन्द्र दामनका प्रमुख विजय चन्द्र झा, नेकपा एमालेका अच्युतम प्रसाद ढकाल, पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन कार्की, पूर्व अध्यक्ष नवराज विष्ट, लाली गुराँस महिला सहकारी संस्थाकी तुलसा विष्ट, पाण्डु केश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, विर बहादुर तामाङलगायतकाको आतिथ्य रहेको थियो ।