nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा बजार अनुगमन, व्यवशायीलाई सचेत पारियो

nug-1541494722.jpg

मकवानपुर थाहा नगरपालिकामा बजार अनुगमन गरिएको छ । चाडवाडको समयमा बजारमा हुन सक्ने अखाद्य वस्तु विक्रि तथा बजार भाउमा अनियमित हुन नदिनको लागि थाहा नगरपालिकाले बजार अनुगमन गरेको हो । 

थाहा नगरपालिका बजार अनुगमन समिति संयोजकको अनिल लामिछानेको नेतृत्वमा भएको बजार अनुगमन टोलीले नगरको बज्रवाराही, ओखरबजार, थाहानाबजार, शिखरकोटलगायतको क्षेत्रमा अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा पसलहरुमा मूल्यसूची टाँस नभएको, साइनबोर्ड नझुण्ड्याइएको, व्यवशाय नवीकरण बाँकी रहेको, म्याद गुज्रिएको, सामानको छुट्टै भण्डारण नगरिएको, लेबल नभएको सामान बिक्रि गरिएको पाइएको संयोजक लामिछानेले जानकारी दिए । अनुगमनका क्रममा अवस्थालाई सुधार गर्नका लागि व्यवसायीलाई म्याद दिएको उनले जानकारी दिए । बजार अनुगमनमा खाद्य गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक आकाश काफ्ले, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सदस्य गणेशमान श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल, इलाका प्ररी कार्यालय प्रतिनीधि तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

उपभोक्ता हितमा प्रत्येक्ष असर पर्ने आवस्थामा पीडत तथा उपभोक्ताहरले थाहा नगर उपभोत्तःा हित संरक्षण समितिमा उजुरी दिन सकिने संयोजक खड्ग गोपालीले जानकारी दिए । त्यस्ता उजुरी परेमा छनविन गरी कार्यविधि अनुसार कारबाही गरिने संयोजक गोपालीले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)