Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा निःशुल्क पशु स्वास्थ्य शिविर

मकवानपुर थाहा नगरपालिका वडा नं. ३ बागेखोलामा ३ असारमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिविरमा १ सय ३ जना किसानले पालेको पशुवस्तुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । थाहा नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको शिविरमा शाखा प्रमुख राघवेन्द्र मिश्र तथा प्राविधिकहरु हरिशरण खतिवडा, मेनुका अर्याल, रुपेश कुमार मिश्र र राजेन्द्रभक्त श्रेष्ठले पशुबस्तुको स्वासथ्य परीक्षण गरेका थिए । 

शिविर ४ असार विहान ८ देखि दिउँसो १ बजेसम्म थाहा–२ को घाटदेवी निमाविमा संचालन हुने शाखा प्रमुख मिश्रले जानकारी दिए ।