nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा निःशुल्क पशुस्वास्थ्य उपचार

थाहा नगरपालिकाको वडा नं. ५ र ८ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । थाहा–५ वडा कार्यालयमा भएको शिविरमा ५६८, बाख्रा, गाई गोरु ७२, भैसी पाडापाडी १३० वटा र ६३० कुखुराको उपचार गरिएको थाहा नगरपालिका पशु विकास शाखा प्रमुख  राघवेन्द्र मिश्रले जानकारी दिए । स्वास्थ्य शिविर ५ नम्बर वडा अध्यक्ष विष्णु बहादुर गुरुङको विशेष उपस्थितीमा संचालन भएको थियो । 

यसैबीच वडा नम्बर ८ मोरिया वडा कार्यालयमा भएको शिविरमा ७६७ बाख्रा, १८२ गाई गोरु, १४५ भैसी पाडापाडी, ९११ कखुरा र १३ वटा कुकुरको स्वासथ्य उपचार गरिएको पशु विकास शाखाले जानकारी दिएको छ । दुवै स्थानमा भएको शिविरमा पशु बस्तुहरुको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा उचार गरिएको मिश्रले जानकारी दिए । कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष टिकाराम रुम्बाको विशेष उपस्थिती   रहेको थियो । 

त्यस्तै, थाहा नगरपालिका वडा नं. ११ र १२ टिष्टुङमा आन्तरिक तथा बाह्यि परजीवी नियन्त्रण प्रदर्शन, सरुवा रोग नियन्त्रण र खोप लगाउने कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रम अन्तर्गत किसानहरुको घरघरमै पुगेर तथा सामुहिक रुपमा किसानहरलाई अन्तरक्रियात्मक कार्यक्रमहरु समेत संचालन भइरहेको   छ ।  

कार्यक्रमहरुमा पशु स्वासथ्य प्राविधिक मिश्र, एक गाउँ एक प्राविधिक अन्तर्गतका पशु प्राविधिकहरु हरिशरण खतिवडा, मेनुका अर्याल तथा विजन प्रधान, सुभेक्षा ढकाल, राजेन्द्र भक्त श्रेष्ठ र विकेश कार्कीले सहयोग गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)