Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे

pakrau1-1540196992.jpg

मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । थाहा–४ किटनी बस्ने २५ वर्षीय प्रदिप अधिकारीलाई ४ कात्तिकमा इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ। 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच हेटौडा उपमहानगरपालिका-११ सुकुम्बासी टोल बस्ने फरक क्षमताकी ४० वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको अभियोगमा सोही घरमा काम गर्ने ३० वर्षीय बिर्खे भन्ने दिपक भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)