Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा कक्षा ८ को नतिजा प्रकाशन: कुन विद्यालयको स्थान कहाँ ?

थाहा नगरपालिका क्षेत्रका विद्यालयहरुमा संचालन भएको कक्षा ८ को नगरस्तरीय परीक्षामा सरस्वती विद्या मन्दिर नगरकै उत्कृष्ट विद्यालय हुन सफल भएको छ । राज्य पुनर्संरचना पश्चात् पहिलो पटक स्थानीय तहले लिएको परीक्षाको नतिजाबाट यस्तो देखिएको हो । सरस्वती विद्या मन्दिरबाट परीक्षा दिने सबै विद्यार्थी उतीर्ण हुँदै विद्यालयले शत्प्रतिशत नतिजा हासिल गरेको छ । त्यस्तै नगरको आग्रा डाँडाबास स्थित सुन्दरीदेवी माविको विद्यार्थी समूतिर्ण नतिजा शुन्य देखिएको छ । सुन्दरीदेवीबाट ६५ जना विद्यार्थीले परीक्षा दिएकोमा एकजना पनि समूतीर्ण हुन सकेनन् ।

थाहा नगरपालिकाका क्षेत्रको विद्यार्थीहरुको नतिजालाई हेर्दा नीजि क्षेत्रबाट संचालन भएका विद्यालयहरुको नतिजा अघिअघि र सामुदायिक विद्यालयहरु पछिपछि रहेको छ । २२ विद्यालयका विद्यार्थी सहभागी भएको ८ कक्षाको परीक्षामा  निजी क्षेत्रका सबै छ वटै विद्यालय दश उत्कृष्ट भित्र परेका छन् । सामुदायिक तर्फका भने चार वटा विद्यालय  मात्र दश उत्कृष्टमा समावेश हुन सफल भए । सामुदायिक तर्फको बुद्ध आधारभूत विद्यालय आग्रा अग्र स्थानमा रहेको छ । बुद्धले ८३.३३ प्रतिशत विद्यार्थी समूतीर्ण गराएको छ । त्यस्तै उत्कृष्ट १० मा परेका सामुदायिक विद्यालयहरुमा चम्पेश्वरी आधारभूत विद्यालय चित्लाङ, बागेश्वरी मावि टिष्टुङ र सुनौला मावि बज्रवाराही रहेको छ । 

बागेश्वरी मावि नगरकै सबैभन्दा बढि विद्यार्थी परीक्षामा सहभागी गराउने विद्यालय समेत रहेको छ । बागेश्वरीबाट १ सय १० विद्यार्थीले परीक्षा दिएका थिए । 

यस्तो छ विद्यालयको कक्षा ८ को नतिजाको आधारमा तय भएको उत्कृष्टताको रोलक्रमः

यो पनि पढ्नुहोस्
थाहा नगरस्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित (हेर्नुहोस् नतिजा सहित)



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)