palung-campus-1612448275.jpg
Saturday, 27th February, 2021
वि.स.

थाहानगरमा उपभोक्ताको अधिकारबारे अन्तरक्रिया

tncci-1613545559.jpg

उपभोक्ता संरक्षण ऐन–२०७५ ले उपभोक्ताको हक–हितका सम्बन्धमा गरेको व्यवस्था, उत्पादक र व्यवसायीले पालना गर्नु पर्ने कानूनी प्रावधानहरु र बजार अनुगमनबारे मकवानपुरको थाहा नगरपालिकामा ४ फागुनमा अन्तरक्रिया भएको छ । थाहा नगर उद्योग–वाणिज्य संघको संयोजनमा बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा र थाहा नगरपालिकाका व्यवसायीहरुबीच अन्तरक्रिया भएको हो ।

कार्यक्रममा बणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीले उपभोक्ताको हक–हित र उत्पादक विक्रेताले पालना गर्नु पर्ने कानूनी प्रावधानहरुका बारेमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै भण्डारीले उपभोक्ता संरक्षण ऐन–२०७५ बमोजिम उपभोक्ताहरुलाई सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार, वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सुसूचित हुने अधिकार सुनिश्चित गरेको गरेको बताए । 

त्यसैगरी समिश्रित वस्तुमा रहेको मात्रा, तत्व वा प्रतिशतको सम्बन्धमा जानकारी पाउने अधिकार, जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पु¥याउने वस्तु र सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार, उचित कानुनी कारबाही गराउन पाउने अधिकार, हानी नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार, उपचार पाउने वा सुनुवाइ हुने अधिकार र उपभोक्ता शिक्षा पाउने अधिकार पनि उपभोक्तालाई दिइएको उनले जानकारी दिए । 

भण्डारीले व्यवसायीहरुलाई सम्बन्धित निकायमा व्यवसाय दर्ता गरेर मात्र कारोबार शुरु गर्न, उत्पादकले आफूले उत्पादन गरेको वस्तुको ‘लेवल’ राख्न, कारोबार स्थलमा सबैले देख्ने ठाउँमा साइनबोर्ड राख्न, उपभोग्य वस्तुको थोक तथा खुद्रा मूल्य प्रष्टरुपमा विक्री स्थलमा सबैले देख्ने ठाउँमा राख्न र म्याद नाघेका तथा टुटफुट भएका सामानहरु छुट्टै स्थानमा राखी ‘विक्रीका लागि होइन’ भन्ने सूचना राख्न आग्रह गरे ।

कसैले माग, आपुर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने कार्य गरेमा, उपभोग्य बस्तुमा उल्लेख गर्नुपर्ने कुराहरु उल्लेख नगरेमा, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमको उपभोग्य वस्तु वा सेवा उत्पादन वा विक्री वितरण गरेमा वा तोकिए बमोजिमको दायित्व पूरा नगरेमा कसुरवालालाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच वर्षसम्म कैद वा रु. छ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उनले बताए । 

कार्यक्रममा भण्डारीले स्थानीय विक्रेता, उत्पादक तथा व्यवसायीहरुले राखेका जिज्ञासाहरुमो समेत सम्बोधन गरिएको थियो । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल र सचिब प्रदिप प्रधानले अन्तरक्रियाको सहजीकरण गरेका थिए । 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)