Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

थाहानगरमा आलु रोप्न भ्याइ-नभ्याइ [हेर्नुहोस फोटो फिचर]

मकवानपुरको थाहा नगरपालिकाका प्रायः किसान आलु रोप्न व्यस्त छन् । महिला–पुरुष दिनभर बारीमै खटिएका हुन्छन् । पुरुष खनजोत र महिला डोकोमा गाईभैंसीको मल बोक्न व्यस्त छन् । उनीहरूले रासायनिकभन्दा प्रांगारिक मल प्रयोग गरिरहेका छन् । रासायनिक मलले माटो पनि बिगार्ने र आलु पनि खनेपछि चाँडै कुहिने भएकाले प्रांगारिक मल प्रयोग गर्नुपरेको उनीहरू बताउँछन् ।

‘थाहा नगरपालिकाको १२ वटै वडाका बासिन्दा अहिले आलु रोप्ने काममा व्यस्त छन्,’ नगरपालिकाका कृषि विकास अधिकृत सञ्जय तिवारीले भने, ‘अहिले गाउँमा कसैलाई बोल्ने फुर्सदसम्म छैन ।’ स्थानीयले वर्षौंदेखि आलु खेती गरिरहेका छन् । ‘आलु खेती गर्न यहाँका बासिन्दा सामान्य प्राविधिकसरह ज्ञान राख्छन्,’ तिवारीले भने, ‘रोगका विषयमा कम जानकारी छ भने विषादी प्रयोगबारे पनि थोरै मात्र ज्ञान छ, अब त सबै सिकिसकेका छन्, आलु खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्न हुन्न भन्ने कुरा जानकारी भइसकेको छ ।’

आलुलगायत तरकारी खेतीमा यस क्षेत्रका बासिन्दाले रासायनिक मल र विषादीको प्रयोग घटाएका छन् । ‘प्रयोग गर्नुपरे पनि कृषि प्राविधिकसँग सल्लाह लिने गरेका छन्,’ तिवारीले भने । किसानले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योति जातका आलुका बीउ लगाउने गरेका छन् ।

माघ दोस्रो सातादेखि आलु रोप्न सुरु हुन्छ । फागुन पहिलो सातासम्म आलु रोपेर सकिने किसानले बताए ।

हेर्नुहोस् फोटो फिचरः

https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।