nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा अमिट बन्यो प्रहरी निरीक्षक पासवानको प्रभाव

इलाका प्रहरी कार्यालय पालुङमा सेवारत् प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान सरुवा भएकाछन् । वि.सं. २०७३ साल माघ २८ गते यहाँ हाजिर भएका पासवान २०७५ जेठ १९ गते सरुवा भएका हुन् । उनी जिल्ला  प्रहरी कार्यालय सिराहा सरुवा भएर गएका हुन् । सुरक्षा अवस्थालाई मजबुत बनाउन सक्षम व्यक्तिको पहिचान बनाएका पासवान स्थानीयहरुसंगको सम्बन्धमा पनि कुनै कसर बाँकी राखेनन् । किसान हुन् वा पत्रकार, व्यवशायी अनि मजदुर नै किन नहोस् उनले सम्बन्ध र सहकार्य उस्तै राखेर यहाँको कार्यकाल सके । यहाँका सरकारी कार्यालयहरुसंगको सम्बन्धमा सँधै अघिल्लो पंक्तिमा  उभिए । विद्यालयमा विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम संचालन गर्न पनि इलाका प्रहरी प्रमुख पासवान असाध्यै मन लगाउने व्यक्ति भएको शिक्षक र विद्यार्थीमा छाप पारेरै छाडे । आफ्नो कार्यकालमा थाहानगर सहितका क्षेत्रमा उनले आफूलाई अब्बल तुल्याउन सफल भए, पासवान । 

प्रहरी निरीक्षक पासवानले आफ्नो कार्यकालमा सम्पादन गरेका मुख्य–मुख्य कार्यलाई आफ्नो सरुवाको खबरसंगै स्थानीयलाई सुनाए । स्थानीयकाबीच लोकप्रिय भएका प्रहरी निरीक्षक पासवानको विदाईमा थाहानगर प्रमुख लवशेर विष्ट सहित स्थानीयहरु पुगे, सबैले सफलताको कामना गरे । विदाइ कार्यक्रममा पुगी फर्केका स्थानीय अगुवाहरुले सरुवा नियमित प्रक्रिया भनी चित्त बुझाए, जहाँ पुगे पनि प्रमुख पासवानलाई नबिर्सने बाचा गरे । स्थानीय नागरिकले अनुसन्धानमा अब्बल मानेका पासवानको कार्यकालमा गरेका कामको खुलेरै प्रशंसा गरे, समुदाय सच्याउन सक्षम प्रयास भएकोमा खुशी व्यक्त गरे । 

विदाइ कार्यक्रममा प्रहरी
निरीक्षक पासवान

 

प्रहरी निरीक्षक पासवान आएपछि पहिलो मुद्दा नै कर्तव्य ज्यान मुद्दा दर्ता गरे । थाहा नगरपालिका वडा नं. ४ स्थित सानु लामाको आँँगनमा शालिकराम थापा मृत्त अवस्थामा फेला परेपछि पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त घटनाको सफल अनुसन्धान गरी स्थानीय सानु लामा र राधिका मगरलाई पक्राउ गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी उनीहरु पुर्पक्षको लागि कारागार चलान भएका छन् । यो घटना २०७४ वैशाख ६ गतेको हो । यो घटनाको तीन हप्ता नपुग्दै वैशाख २० गते नै पासवानको कमाण्डमा थाहा–४ बाटै जबरजस्ती करणी उद्योग गरेकोमा एक पुरुष पक्राउ गरी पुर्पक्षका लागि कारागर चलान भएका थिए । यो सहित इलाका प्रहरी कार्यालय पालुङमा दर्ता हुन आएका दर्जनौ मुद्दाहरु मध्ये कारागार चलान गरी कानून बमोजिमको कारबाही भएका  छन् । 

प्रहरी निरीक्षक पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले सामाजिक सद्भाव भड्किने घटनाहरु न्यूनकिरणमा महत्वपूर्ण कार्य गरेको इलाका प्रहरी कार्यालय पालुङको अभिलेखमा देख्न सकिन्छ । उनको कमाण्डमा अदालतबाट जारी भएको वारेन्ट सहितको म्यादी पुर्जी आदेश अनुसार लागू औषधमा संलग्न रही फराहर  रहेकाहरुलाई समेत पक्राउ गरिएको अभिलेख इलाका प्रहरी कार्यालय पालुङमा छ । 

अपराधिक क्रियाकलाप न्यूनिकरण सहित पासवानकै कार्यकालमा स्थानीय चुनाव सम्पन्न भएको थियो । यस क्षेत्रमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा दलहरुले सुरक्षामा कुनै खोट लगाउने ठाउँ नै भेट्टाएनन्, उल्टै धन्यवादका पात्र बने पासवान र उनका टिम । चुनावमा यहाँका बुद्धिजीवीलगायत सर्वपक्षिय सहयोग मिलेको पासवान बताउँछन् । उनको नेतृत्वमा ०७४ वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा थाहा     नगरपालीकाको ३७, कैलाश गाउँपालीकाको ८, र ईन्द्रसरोवर गाउँपालीकाको ७ वटा गरी जम्मा ५२ वटा मतदान केन्द्रमा सुरक्षा प्रदान गरिएको थियो । त्यसो त प्रदेशसभा निर्वाचनमा पनि स्थानीय तहको चुनावमा जस्तै आफ्नो कुशलता पासवानले कायम राखेरै छाडे । दुर्घटना हुँदा खबर पाउने वित्तिकै घटना स्थल पुग्नको लागि सँधै चतुर हुने पासवान आफै घटनामा उद्धार गर्न तम्सिन्थे । सवारी दुर्घटना होस् वा आगलागीलगायतका विपदका घटना उनी आफै पुगेर सहयोग गर्थे । यस्ता सामाजिक क्रियाकलापहरु संचालन गर्दा समुदायसंगको सहकार्य भने उनले टुटाउँदै टुटाउँदैन थिए । 

लागू औषध गाँजा फडानीमा पनि उनको योगदान ठूलो थियो । स्थानीय स्तरमै पाइने गाँजा तथा भाङ फडानी पनि उनको कार्यकालमा भएको थियो । यो कार्यबाट युवाहरुलाई गाँजाको लतबाट जोगाउन र कारोबार न्युनिकरण गर्न सकिने विश्वास लिएको थियो । दर्जनबढि बिगाहमा उनको कार्यकालमा गाँजा तथा भाङ फडानी भएको पालुङ प्रहरीमा अभिलेख छ । इलाका प्रहरी कार्यालयको कार्यक्षेत्रका विभिन्न भागमा यसरी गाँजा तथा भाङ फडानी गरिएको हो । गाँजा सहित लागू औषध बनाउन प्रयोग हुने ढिकी थाहा–७ महादेवखर्क नजिकैको जंगलबाट बरामद गरिएको थियो । कैलाश गाउापालिका क्षेत्रमा त अफिम समेत फडानी गरिएको थियो ।

त्यस्तै चोरीको बाइक नियन्त्रणमा पनि उनको योगदान उस्तै रहेको छ । एकैदिन दुईवटा समेत चोरीका बाइक नियन्त्रणमा लिइएको पालुङ प्रहरीको अभिलेख छ । थाहा नगरपालिकामा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा आउँदा या राष्ट्रपति विद्यादेवी भण्डारी आउँदा नै किन नहोस् सुरक्षामा कुनै कमजोर नभई प्रहरी निरीक्षक पासवानको नेतृत्वमा आफ्नो क्षमता प्रस्तुत गरे । उनी थाहाको ओखरबजारबाट हिमचितुवाको छाला समेत बरामद गर्न सफल भए । यसले पनि उनको अनुसन्धान र अपराधीक क्रियाकलाप नियन्त्रणमा उत्कृष्टता देखिन्छ । 

पछिल्लो समय लोपोन्मुख पंक्षी हुचिल फेला पारी सुरक्षित साथ उद्दार गरी सम्बन्धित वन कमचारीलाई बुझाएका थिए भने अवैध जडिबुटि ओसार   पसारमा संलग्न रहेकालाई समेत पक्राउ गरेका थिए । यि र यस्ता घटना बाहेक उनले थुप्रै क्रियाकलापलाई अभियानकै रुपमा संचालन गरे । बजार क्षेत्रमा गस्ती, विभिन्न सरकारी निकायको सहयोगमा बजार अनुगमनलगायतका कामहरु उनको कार्यकालमा देखिएका राम्रा काम हुन् । इलाका प्रहरी कार्यालय पालुङमा अहिलेसम्म आएका प्रहरी निरीक्षकमध्ये संभवत कम उमेरका पासवान प्रभावकारी काम गर्न सक्षम बनेर गए पनि स्थानीयहरु माझ अमिट बनेको थाहानगरका अगुवाहरु बताउँछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)