Tuesday, 16th June, 2026
वि.स.

थाहानगरमा अब लकडाउन होला त ?

Lock-1597664585.jpg

मकवानपुर थाहा नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिने प्रयासहरुका विषयमा थाहा नगरपालिकाले सर्वपक्षिय बैठक गरेको छ । पालुङ जेसीज सभाहलमा भएको बैठकमा रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा बढि प्रभावकारी माध्यम लकडाउन भएको सरोकारवालाहरुले सुझाव दिएका छन् । 

थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको अध्यक्षतामा बसेको बैठकका सहभागीहरुले थाहानगर कोभिड–१९ को उच्च जोखिममा रहेकोले अति आवश्यक बाहेकको सेवा प्रवाह पूर्ण रुपमा बन्द गर्नुपर्ने सुझाव दिएका छन् । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले प्स्ताव पेश गर्दै भने–‘बैंकहरुको सेवा प्रवाह समय घटाउनुपर्छ, रातीको समयमा आवतजावत पूर्ण बन्द गर्नुपर्छ, तरकारी निर्यात सवारी साधन नगर बाहिरिने समय तोक्नुपर्छ ।’ नेकपा थाहानगरका अध्यक्ष अरुण रायमाझीले औषधि पसलबाहेक सबै सेवा बन्द गर्ने गरी लकडाउन गर्न सुझाव दिए । नेपाली काँग्रेस नगर सभापति योगेन्द्रमान श्रेष्ठले नागरिक सुरक्षित हुने उपाय लकडाउन नै उपयुक्त भएको धारणा राखे । नागरिकहरुले कोरोनालाई सामान्य रुपमा लिन थालेकोले जोखिम बढेको प्रतिक्रिया दिए । 

बैठकका अधिकांश सहकागीहरुले लकडाउन गर्नका लागि सुझाव दिएका छन् । उक्त बैठकामा थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले हालसम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको प्रयासको विषयमा ब्रिफिङ गरेका थिए । बैठकमा फरकसोचका अध्यक्ष यादवजंग रायमाझी, थहाानगर सहकारी संजाल थाहाका अध्यक्ष महेश्वर सुवेदी, प्याब्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझी, उपभोक्ता हित संरक्षण मञ्च थाहाका अध्यक्ष गणेशमान श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

के हो लकडाउन गर्ने प्रक्रिया ?

थाहानगरमा बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न लकडाउन गर्नुपर्ने सुझाव नगरपालिकाका आफैले कार्यान्वयन गर्न सकिने कानूनी बाटो छैन ।

सर्वपक्षिय बैठकको सुझावलाई २ भाद्रमा हुने नगरपालिकाको कार्यपालिका बैठकमा पेश गरिने थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । बैठकले सुझाव उचित ठानेमा लकडाउन गर्नका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलार्य अनुरोध गर्न सक्नेछ । 

कार्यपालिकाको निर्णयको आधारमा जिल्ला प्रशासन कार्यालयले लकडाउन गर्न सकिने व्यवस्था रहेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०