nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा अध्यक्ष श्रेष्ठले भने–हामी व्यवशायीकै पक्षमा छौं

TNCCCCCCCC888888888888-1560821435.jpg

नेपाल उद्योग वाणिज्य महासंघ    प्रदेश–३ का अध्यक्ष दिनेश श्रेष्ठले व्यवशायीहरुको हितका लागि विभिन्न कार्यक्रम संचालन गर्न तत्पर रहेको बताएका छन् ।        

व्यवशायलाई सबल बनाउनको लागि सरकारले कम ब्याजमा ऋण दिने व्यवस्था गरेको भएपनि प्राप्त गर्न असहज भएको बताउँदै त्यसलाई आफूहरुले सहजीकरण गर्ने अध्यक्ष श्रेष्ठको भनाइ  छ । थाहानगर उद्योग वाणिज्य संघको दोस्रो साधारण सभाको ३२ जेठमा विकास घर शिखरकोटमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । राज्यको विकासका लागि व्यवशायीहरुले कर तिर्दै आएको बताउँदै तिरेको करबाट विकास गर्न सरकारलाई श्रेष्ठले सुझाव दिए । उनले भने–‘उद्योगी व्यवशयीहरु राज्यको बिना तलबीका कर्मचारी हुन्, हामी भ्याट उठाएर सरकारलाई सहयोग गरिरहेका छौं ।’ करको दर कम गर्न सके जनताले कम मूल्यमा वस्तु पाउन सकिने बताए ।    उनले सरकारलाई व्यवशायीमैत्री वातावरण बनाइदिन आग्रह गरे । व्यवशायीहरुले कानूनको विषयमा पनि जागरुप हुनुपर्ने बताए । उनले यसका लागि थाहानगर उद्योग वाणिज्य संघले उपभोक्ता र व्यवशायीको हितका कार्यक्रम संचालन गरिनूपर्ने बताए । थाहानगरका उपप्रमुख खड्ग गोपालीको भनाइलाई प्रशंसा गर्दै यहाँको स्थानीय तह उद्योग वाणिज्य संघको कार्य र विषयमा        सकारत्मक पाइएकोले यहाँ ठूलो अवसर रहेको सुझाए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य        राजकुमार न्यौपानेले त्रिभूवन राजपथलाई पर्यटन मार्गको रुपमा विकास गर्न सबैपक्षले दबाब दिन आवश्यक भएको बताए । व्यवशायीहरुले ढुक्क भएर लगानी गर्नका लागि त्रिभूवन राजपथको अवस्था सुधार हुनुपर्ने बताए । पर्यटकलाई आउनजान निकै असहज भएको उल्लेख गर्दै पर्यटक आए मात्र यहाँको व्यवशायीको आयस्तर वृद्धि हुने बताए । व्यवशायी सक्षम भए मुलुक नै सम्वृद्ध हुने बताए । 

कार्यक्रमका विशेष अतिथी तथा थाहानगरका उपप्रमुख खड्ग गोपालीले व्यवशायी बनाउनको लागि नगरपालिकाले वर्षक कार्यक्रममै समावेश गरेर  स्वरोजगारका कायृक्रम ल्याएको बताए । उनले थाहानगले तालीम लिएकाहरुको विवरण तयार गरी उनीहरुलाई व्यवशाय संचालनमा सामाग्री सहयोगका कार्यक्रमहरु पनि संचालन गरिरहेको बताए । खड्गाले पर्यटकलाई आकर्षित गर्नका लागि नगरकै गौरबको योजनाको रुपमा केबवलकार निर्माण योजना निर्माण थालिएको बताए । नगरपालिका सँधै आर्थिक सम्वृद्धिको लागि तयार रहेको बताउँदै यसका लागि योजनावद्ध विकासमा प्रतिवद्ध भएको उल्लेख गरे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अर्का केन्द्रिय सदस्य थाहानगरका जनप्रतिनीधिहरु उद्योग व्यवशाय प्रवद्र्धनका सकारात्मक भएको पाइएको प्रशंसा गर्दै व्यवशायीहरुले प्रतिवद्ध भएर लगानी गर्नका लागि सुझाव दिए । स्थानीय उत्पादनमा आधारित उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताए । थाहानगरमा पर्यटक भित्र्याउने योजनालाई अघि सार्नुपर्ने र व्यवशायीहरुलाई सिकाइ भ्रमण तथा क्षमता अभिवृद्धिका तालिम दिन आवश्यक भएको औल्याए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल       थाहानगरलाई आधुनिक कृषि र पर्यटन विकासलाई योजना वद्ध रुपमा अघि बढ्नुपर्ने बताए । उद्योग व्यवशायीहरुको विषयमा लामो समय काम गरेको अनुभव यहाँका जनप्रतिनीधिहरुलाई रहेकोले आर्थिक सम्वृद्धिको लागि कार्य गर्न एबै एकजुट हुनुपर्ने बताए । यहाँको जडिबुटि तथा स्थानीय उत्पादनमा आधारित लघु उद्योगहरु स्थापना गर्नुपर्ने बताए । 

थाहानगर उद्योग वाणिज्य संघका सभापति कविराज खत्रीको सभाध्यक्षतामा सम्पन्न साधारणसभामा रोटरी क्लब थाहानगरका अध्यक्ष अच्युतम प्रसाद ढकाल, नेकपाका प्रदेश सदस्य विष्णु विष्ट, महिला उद्यमी आरती श्रेष्ठलगायतका व्यक्तिहरुले नगरलाई सम्वृद्ध र आर्थिक सम्पन्नताको लागि स्थानीय तह र व्यवशायीहरुको एकताबाट परिवर्तन संभव भएको बताए । कार्यक्रमको अवसरमा संचार क्षेत्रमा योगदान पु¥याएका थाहानगर र इन्द्रसरोवर गाउँपालिकाका संचार गृहहरु तथा उत्कृष्ट लगनशील व्यवशायीहरुलाई थाहानगर उद्योग वाणिज्य संघले सम्मान गरेको  थियो । संघका सभापति कविराज खत्रीले आगामि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, फरक सोच अभियानका संयोजक यादवजंग रायमाझी, संघका सल्लाहकारहरु, नगरका व्यवसायीहरु, राजनीतिक दलका प्रतिनीधिहरु, संघ स.स्थाका प्रतिनीधिहरु लगायतकाको आतिथ्यता रहेको थियो ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)