Monday, 15th June, 2026
वि.स.

थाहानगरको ४० प्रतिशत रोजगारको बजेट के कारण फ्रिज भयो ?

थाहा नगरपालिका रोजगार सेवा केन्द्रको बजेट करिब ४० प्रतिशत बजेट फ्रिज भएको छ । नेपाल सरकारले कामका लागि नगद कार्यक्रम अन्तर्गत कार्यविधि नै बनाएर प्रत्येक स्थानीय तहहरुमा पठाएको रोजगारको बजेटबाट थाहामा ६० प्रतिशत मात्र  खर्च भएको हो । 

फ्रिजभएको बजेट अधिकांश श्रमिकको ज्यालामा खर्च हुने रकम भएको हो । नगरपालिकाको लागि निकासा भएको कुल ३७ लाख रुपियाँमा २२ लाख ४३ हजार ९४० रुपियाँ मात्र खर्च भएको हो । निकासा मध्ये २५ प्रतिशत रकम कार्यक्रम तथा परियोजना संचालनका लागि आवश्यक सामाग्री खरिदका लागि छुटुयाइएकोमा यस शीर्षकको भने सबै बजेट खर्च भएको छ । यस शीर्षकमा नगरपालिका रोजगार सेवा केन्द्रले ९ लाख २५ हजार रुपियाँ विनियोजन गरेको      थियो । ७० प्रतिशत हुन आउने श्रमिकको ज्यालामा खर्च हुने रकम २५ लाख ९० हजार रुपियाँमा १२ लाख ६८ हजार ९४० रुपियाँ मात्र खर्च भएको हो । 

आयोजना व्यवस्थापनको लागि कुल बजेटको ५ प्रतिशत हुन आउने १ लाख ८५ हजार विनियोजन भएकोमा ५० हजार रुपियाँ मात्र खर्च भउको रोजगार सेवा केन्द्रका संयोजक सुभाष गौतमले      बताए । बजेट फ्रिज हुनुमा कार्यक्रमको लागि बजेट निकासा नै ढिलो हुनु मुख्य कारण रहेको संयोजक गौतमले बताए । यसका साथै सूचीकृत बेरोजगारहरुले श्रममा आधारित काम गर्न चासो नदिनू, जिल्ला दररेट र थाहानगरमा चलनचल्तीको दररेटमा धेरै फरक पर्नुलगायतका कारण बजेट फ्रिज भएको उनको भनाइ छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगृत थाहाको वडा नम्बर २, ४, ५, ६ , ७ र ८ वडाले मात्र रोजगारको बजेट समुदयोग गरेका हुन् । ति वडाका १ सय ३३ जना बेरोजगार सूचीका व्यक्तिहरुले रोजगार पाएका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०