Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहानगरको बजेट ९५ करोड ६४ लाख ३२ हजार

thaha-1624524614.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ९५ करोड ६४ लाख ३२ हजारको बजेट पेश गरेको छ । नगरपालिकाले नवौं सभामा १० असारमा उक्त बजेट पेश गरेको हो । 

पालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि अन्तरिक स्रोत ११ करोड ८८ लाख ४९ हजार, राजश्व बाँडफाँड १६ करोड ५३ लाख ४९ हजार, संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड सहितको बजेट पेश गरेको हो । 

पेश भएको बजेट मध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सुरक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च अनुमान पेश भएको छ । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg