Tuesday, 16th June, 2026
वि.स.

थाहानगरको बजेट ८० करोड ५६ लाख ३३ हजार

Gopali-1593013480.jpg

थाहानगरको वार्षिक बजेट ८० करोड ५६ लाख ३३ सार्वजनिक गरिएको छ । १० असारमा सम्पन्न सातौं नगरसभामा उक्त बजेट नगर उपप्रमुख खड्ग गोपालीले पेश गरेका हुन् । 

सभामा पेश भएको नीति तथा कार्यक्रम १० असारमै सर्वसम्मत पास भएको छ भने बजेट पास भएको छैन । आर्थिक वर्ष २०७७/०७८ को लागि अन्तरिक स्रोत ५ करोड १५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ३७ लाख २० हजार, संघीय सरकारबाट अनुदान ५३ करोड २१ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ८२ लाख ४३ हजारको बजेट सभामा पेश भएको हो । 
थाहानगर सभा बैठक आगामि १९ असार सम्मको लागि स्थगित भएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०