Tuesday, 16th June, 2026
वि.स.

थाहानगरको तीन योजनालाई प्रदेश समपुरक अनुदान

मकवानपुर थाहा नगरपालिकाको तीनवटा योजनालाई समपुरक अनुदान प्राप्त भएको छ । 

बागमती प्रदेशबाट आर्थिक वर्ष २०७७/०७८ का लागि घर्तिखोला तटबन्धन तथा शीतभण्डार संरक्षणका लागि ९९ लाख ८९ हजार, वडा कार्यालय १२ हुँदै लितिहुँदै जगडाँडा बस्ती जोड्ने सडकलाई ९९ लाख ९९ हजार र पाल्चोक भटुवाल सडकलाई ९९ लाख ९९ हजार रुपियाँ विनियोजन भएको आर्थिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशले जनाएको छ । 

प्रदेशबाट प्राप्त रकममा सोही बराबरको बजेट थाहा नगरपालिकाले थपेर उक्त सडक निर्माण गर्नुपर्ने प्रावधान छ  ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०