Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको डाँडाबासमा पहिरोमा परी दुई घाइते

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा पहिरो गएको छ ।  पहिरोमा परि दुई जना घाईते भएका छन् । घाईते हुनेमा विष्णु माया गोले र बेली गोले हुन् । घाईतेहरुलाई स्थानिय मेडिकलमा उपचार भएको छ ।

एउटा टहरो पहिरोले भत्किएको स्थानिय रन्त बहादुर गोलले जानकारी दिए । ढुवानी ओसापसार गर्ने गाडि  समेत सो पहिरोमा परि झुण्डिरहेको गोलले जानकारी दिए ।
थाहानगरपालिका क्षेत्रमा गएरातीबाट पानी परिरहेको छ ।