Thursday, 29th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहानगरको डाँडाबासमा पहिरोमा परी दुई घाइते

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा पहिरो गएको छ ।  पहिरोमा परि दुई जना घाईते भएका छन् । घाईते हुनेमा विष्णु माया गोले र बेली गोले हुन् । घाईतेहरुलाई स्थानिय मेडिकलमा उपचार भएको छ ।

एउटा टहरो पहिरोले भत्किएको स्थानिय रन्त बहादुर गोलले जानकारी दिए । ढुवानी ओसापसार गर्ने गाडि  समेत सो पहिरोमा परि झुण्डिरहेको गोलले जानकारी दिए ।
थाहानगरपालिका क्षेत्रमा गएरातीबाट पानी परिरहेको छ ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg