Thursday, 27th August, 2026
वि.स.

थाहानगरको टिष्टुङमा न्हुँदँ ११३९ भव्य हुने

nepa-1540782657.jpg

मकवानपुर थाहानगरको बज्रवाराही (टिष्टुङ)मा नेपाल संवत् ११३९ भव्यताको साथ मनाइने भएको छ । थाहा नगरपालिका वडा नं. ६ मा ११ कार्तिकमा भएको छलफलमा कार्यक्रमलाई भव्यताको साथ संचालन गर्ने निर्णय भएको न्हुदँ ११३९ का संयोजक प्रमोद जोशीले जानकारी दिए ।

थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदीको उपस्थितीमा भएको भेलाले वर्षेनी नेवार िसमुदायको मात्र सहभागिता हुने गरेकोमा यसवर्ष गैर नेवारी समुदायबाट पनि सहभागिता जनाउने निर्णय भएको छ । नेपाल सरकारले राष्ट्रिय संवत्को रुपमा घोषणा भएको नेपाल संवत्लाई थप भव्य बनाउनको लागि १५ कार्तिकमा फेरि अर्को भेला हुने संयोजक जोशीले बताए ।

मकवानपुरमै नेपाल संवत्लाई उत्सवको रुपमा सबैभन्दा पहिले टिष्टुङबाट मनाउन थालिएको विश्वास गरिन्छ । यसवर्षको नेपाल संवत् यहि २२ कार्तिकमा परेको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif