nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका ३ सय २३ ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाए (फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकामा संचालन भएको दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप ३ सय २३ जनालाई लगाइएको छ । नगरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई २३ फागुनमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्र खोप केन्द्रमा खोप लगाइएको हो । केन्द्रमा १ सय ८१ पुरुष र १ सय ४२ महिलाले खोप लगाएकाे डाक्टर रिकेश कार्कीले जानकारी दिए ।  

सरकारले २३ फागुनदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ । 

यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र निजामती कर्मचारीलाई खोप दिइएको थियो ।

थाहानगरमा २८ फागुनसम्म खोप अभियान संचालन हुने छ । यो अभियानका लागि थाहा नगरपालिकालाई १ हजार ६ सय खोप प्राप्त भएको छ । सरकारले भने कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत देशभरका गरी १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ ।

यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरिद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ ।

थाहानगरका कुन स्वास्थ्य चाैकीमा कहिले ः

  •  मिति २०७७फागुन २३ गते पालुङ प्राथमिक स्वास्थ्य केन्द्र
  •  मिति २०७७फागुन २४ गते टिष्टुङ स्वास्थ्य चौकीभवन
  • मिति २०७७फागुन २५ गते आग्रा स्वास्थ्य चौकी
  • मिति २०७७फागुन २६ गते बज्रवाराही स्वास्थ्य चौकी
  • मिति २०७७फागुन २८ गते चित्लाङ स्वास्थ्य चौकी

हेर्नुहोस् तस्वीरहरुः


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।