Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहानगरका शाखा अधिकृत विष्ट सरुवा

मकवानपुर थाहा नगरपालिकामा कार्यरत् शाखा अधिकृत अशोक विष्ट काज सरुवा भएका छन् ।  थाहा नगरपालिकामा योजना अनुगमन तथा प्रशासकीय अधिकृतको रुपमा रहेका विष्ट नुवाकोटको तादी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर गएका हुन् । 

विष्टले थाहानगरमा करिब ५ महिना सेवा गरे । विष्टको विदाइका क्रममा नगर प्रमुख लवशेर विष्टले नगरमा उनले नगरमा पु¥याएको योगदानको चर्चा गरे ।

विदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, शिक्षा संयोजक लक्ष्मण दाहाल, स्वास्थ्य संयोजक मेघराज बलामी, लेखा अधिकृत शिवप्रसाद देवकोटा, इन्जिनियर सन्तोष बोहरा लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले सरुवा हुनु नियमित प्रक्रिया भएको बताउँदै विष्टको योगदानको प्रशंसा गरेका थिए । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg