nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका मेयरलाई एकैदिन दुई ज्ञापनपत्र, यस्तो छ प्रतिवद्धता

मकवानपुरको थाहा नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयका कर्मचारीहरुले नगर प्रमुख लवशेर विष्टलाई ज्ञापनपत्र पेश गरेका छन् । नगरका विद्यालयहरुमा कार्यरत लेखापाल, कार्यलय सहयोगीलगायतलाई नेपाल सरकारले दिने दरवन्दी सहितको तलब भत्ता सञ्चयकोष, ग्रेड, निवृत्तिभरण, औषधी उपचार, बीमा, पोशाकलगायतका सुविधाको माग गर्दै १० फागुनमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल विधालय कर्मचारी युनियन थाहानगर कार्यसमितिको नेतृत्वमा प्रमुख विष्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सर्वोच्च अदालतको २०६६ माघ २३ को फैसला अनुरुप सामुदायिक विधालयमा कार्यरत कर्मचारीको भविष्य अन्यौल र अनिश्चित हुन नदिन सेवा सुविधा शर्त उल्लेख भएको सर्भिसी कानुनको आवश्यक्ता हुन्छ भन्ने फैसला गरी अध्ययन गरी प्रतिवेदन दिन र कार्यन्वयन गर्न शिक्षा मन्त्रालयलाई आदेश दिईएको र २०७३ असार १५ मा पारित शिक्षा ऐन आठौ संसोधन आएपनी नियामावली पारित गर्ने वेलामा देश संघियतामा गईसकेकोले केन्द्र सरकारले जारी गर्न नमिल्ने भनी अड्चन थापेका र अब सो ऐन संघ , प्रद्ेश सरकार समक्ष आफ्ना माग लैजानको निम्ती ध्यानाकर्षण गराईएको छ ।

युनियनका अध्यक्ष मधुसुधन रायमाझी सहित अन्य कर्मचारीहरुले नगर प्रमुख विष्ट समक्ष ५ बुदे ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझदै थाहानगर प्रमुख विष्टले संघ र प्रदेशको ऐन बन्ने तरखरमा रहिरहेको र चैत्रसम्ममा प्रदेशको ऐन बनेपछी थाहानगरले पनी सोहि अनुरुप बुझेर थाहानगर शिक्षा ऐन बनाउने भन्दै सबैलाई समेट्दै नै शिक्षा ऐन बनाउने कुरामा विश्वस्त रहन आग्रह गरे । नेपाल सरकारको नियम भित्र रहेर कर्मचारीहरुको मागको बारेमा प्रदेश सरकार समक्ष आफुले लाने बताउदै निर्धक्क भएर काम गर्न आग्रह गरे ।

यसैबीच नेपाल राष्ट्यि शिक्षक संगठन थाहा नगर समितिले विभिन्न १५ बुदे माग राख्दै नगर प्रमुख लवशेर विष्ट समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानिय तहवाट शिक्षा सम्वन्धि नियम कानुन निर्माण गर्ने नगर शिक्षा समिति गठन गर्ने, विधालय समायोजन ,शिक्षक नियुक्ति,सरुवा ,वढुवा गर्ने कार्यहरुमा नगरपालिका एकलौटी ढंगले अगाडि बढेको भन्दै शिक्षामा भएको विकृति र विसंगति हटाई शिक्षकको पेशागत हकहितको सुनुश्चितता गर्न ध्यानाकर्षण गरिएको संगठनका अध्यक्ष रमेशमान डंगोल र सचिव मनोज लामिछानेले ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएका हुन् ।

पत्र वुझ्दै नगर प्रमुख विष्टले नगरपालिका नगरको शैक्षिक गुणस्तर सुर्धान सबैसंग हातेमालो गदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सरुवा, वढुवा आदिमा कसैले पावर र पैसाको प्रलोभनमा पारी गरेको छ भने नगरले तुरुन्त कारवाही गर्ने बताए । कार्यक्रममा उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल, माओवादी केन्द्रका थाहा इन्चार्ज  विष्णु विष्ट ,  संचारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)