Thursday, 3rd September, 2026
वि.स.

थाहानगरका माधव हाेम स्टे महासंघ नेपालको केन्द्रीय सदस्य निर्वाचित

IMG_20231014_211227-1697299311.jpg

पर्यटकीय थाहा नगरपालिकाकाे प्रतिनिधित्व गर्दै मकवानपुरबाट सहभागी डाँडाघरे बाकाे हाेम स्टे सञ्चालक माधव कार्की केन्द्रमा पुगेका छन् । हाेम स्टे महासंघ नेपालकाे चितवनमा सम्पन्न चाैँथाे राष्ट्रिय सम्मेलनबाट कार्की केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

हाेम स्टे एशोसियशनबाट महासंघ भएपछि याे पहिलो सम्मेलन थियाे । ६६ जिल्लाका ४५० प्रतिनिधिबाट मकवानपुरकै प्रतिनिधित्व गर्दै कार्की केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । सम्मेलनमा देशका २५० हाम स्टे सञ्चालककाे प्रतिनिधित्व थियाे जसमा थाहा नगरपालिकाबाट कार्की सहभागी थिए

५ वर्षदेखि पशुपंक्षीपालन र अर्गानिक खान्कीसँगै हाेम स्टे सञ्चालन गर्दै आएका कार्की हाेम स्टे महासंघको ३७ केन्द्रीय कमिटीमा निर्विराेध भए ।बाँकी १४ जना मनाेनित गरेर ५१ सदस्य पुर्याउने कार्कीले थाहा टाइम्सलाई जानकारी दिए । सम्मेलनले प्रेमशंकर थारुलाई अध्यक्ष निर्वाचित गरेकाे छ ।

सम्मेलनकाे २६ असाेजमा वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोेले उद्घाटन गरेेका थिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif