nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका बैंकहरु साताको दुईदिन मात्र खुल्ने (हेर्नुहोस् तालिका सहित)

मकवानपुर थाहा नगरपालिकामा रहेका बैंकहरुले आफ्नो सेवा प्रवाहको साप्ताहिक तालिका बजनएका छन् । थाहा नगरपालिकामा कार्यालय रहेका बैकहरुको प्रतिनीधिहरुको बैठकले यस्तो तालिका अनुसार बैक खोल्ने निर्णय गरिएको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाले बैंकहरुलाई सुरक्षात्मक उपायसहित सेवा प्रवाह गर्न पत्राचार गरेपछि यस्तो निर्णय भएको हो । 

बैठकमा थाहा नगरपालिकामा रहेका सबै वाणिज्य तथा विकास बैंकका प्रतिनीधिहरुको सहभागिता रहेको सेन्चुरी कमर्सियल बैंक दामन शाखाका प्रबन्धक दिनेश केसीले जानकारी दिए । बैक प्रतिनिधिहरुको बैठकले आइतबार कृषि विकास बैंक पालुङ र सेन्चुरी कमर्सियल बैंक बज्रवाराही खुल्ने भएका छन् । सोमबार नेपाल बैंक र सेन्चुरी कमर्सियल बैंक दामन, मंगलबार सिन्धु विकास र महालक्ष्मी विकास बैंक खुल्नेछन् । 

त्यस्तै बुधबार सेन्चुरी कमर्सियल बज्रवाराही र कृषि विकास बैंक, विहीबार सिन्धु विकास बैंक र सेन्चुरी कमर्सियल दामन र शुक्रबार नेपाल बैंक पालुङ तथा महालक्ष्मी विकास बैंक पालुङ शाखा खुल्ने महालक्ष्मी विकास बैंकका नितेस पाण्डेले जानकारी दिए । 

साताको दुईदिन खुल्ला हुने बैंकहरु मध्ये सेन्चुरी कमर्सियल बैंक बज्रवाराही ११ देखि १ बजेसम्म, कृषि विकास बैंक साँढे १० देखि साँढे १ बजेसम्म, नेपाल बैंक लि. पालुङ ११ देखि २ बजेसम्म, सेन्चुरी कमर्सियल बैंक दामन ११ देखि १ बजेसम्म, सिन्धु विकास बैंक १० देखि २ बजेसम्म र महालक्ष्मी विकास बैंक पालुङ १० देखि २ बजेसम्म खुल्ला हुने छन् । 

बैंकहरुले दिनभर सेवा प्रवाह भने गर्ने छैनन् । उनीहरुले कुन बैंक कति समय खुल्ने समेत जानकारी गराएका छन् । सबै बैंकले सूचना प्रकाशित गरी आफ्नो सेवा प्रवाहको समय पनि सार्वजनिक गरेका छन् ।  

हेर्नुहोस् बैंक खुल्ने तालिकाः 


 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।