Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका निजी विद्यालयहरुमा एकरुपता हुने

Thahaaaaaaaaaaaaaaa-1551765063.jpg

मकवानपुरको थाहानगरमा रहेका निजी विद्यालयहरुले आउँदो शैक्षिक सत्र २०७६ देखि एकरुपता गर्ने भएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा बसेको बैठकले यस वर्षको बक्यौता असुलीका लागि प्याव्सनबाटै अभिभावकहरुलाई एकै प्रकारको पत्राचार गर्ने पनि निर्णय गरेको छ । कुनै पनि विद्यालयको शुल्क बक्यौता गरि विद्यार्थीलाई विद्यालय सार्ने प्रवृत्तिको अन्त्य गर्न आउँदो वर्षदेखि कुनै पनि कक्षाका विद्यार्थीहरुलाई अनिवार्य रुपमा लव्धांक प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्रमा अनिवार्य गर्ने निर्णय गरेको अध्यक्ष प्रधानले जानकारी दिए ।

विद्यालयहरुबीच स्वस्थ प्रतिस्पर्धा, आपसी सहिष्णुता तथा विद्यार्थीहरुमा समेत एक अर्का विद्यालयहरु प्रति अपनत्वको महशुस समेत हुने अपेक्षाले एक रुपताको अवधारणालाई कार्यान्वयन गरिन लागेको बताएको छ । प्याव्सन आवद्ध थाहानगरमा रहेका हिमालयन इङ्लिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, इअन एकेडेमी, पालुङ इङ्लिस बोडिङ स्कुल, सरस्वती विद्या मन्दिर, पालुङ दीपज्योति इङ्लिस स्कुल, न्यु भिजन एकेडेमी, क्लिफट्न एकेडेमीले आउँदो वर्ष एउटै क्यालेन्डरमा विद्यालय संचालन गर्ने अध्यक्ष प्रधानले बताए ।

बैठकले प्रस्ताव गरेको क्यालेन्डर अनुसार आउँदो वर्ष बैशाख २ गतेदेखि ७ गतेसम्म एक हप्ते भर्ना अभियान, बैशाख ८ गतेदेखि कक्षा शुभारम्भ गर्ने निर्णय गरेको छ । क्यालेन्डर अनुसार सबै विद्यालयको चार वटै परीक्षा एकै मितिमा संचालन गरिनेछ । बिदाका हकमा वर्षे बिदा एक हप्ता, हिउँदे बिदा एक हप्ता, दशैं बिदा ११ दिन, तिहार बिदा ४ दिनको प्रस्ताव गरिएको छ । राष्ट्रिय पर्वहरुमा स्थानीय अनुकुलन हुने गरि लागू गर्ने र स्थानीय पर्वको हकमा स्थानीय बिदाबाट कटौति हुने गरी भूगोल अनुसार लागू गर्ने निर्णय गरेको छ । 

प्रस्तावित शुल्क तथा पाठ्यक्रमका हकमा नेपाल सरकार तथा स्थानीय सरकारको नीति अनुसार अर्को बैठकमा निर्णय गर्ने जनाएको छ । संगठनमा आवद्ध विद्यालयहरुले विद्यार्थीहरुको सहभागितामा विभिन्न कार्यक्रमहरु समेत गर्ने प्रस्ताव गरेको छ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र बाँकी सदस्य रहने कमिटीमा हाल अध्यक्ष र बाँकी विद्यालयहरु सदस्य मात्रै छन् । बाँकी पदहरुको पूर्ति अर्को बैठकबाट गर्ने सहमति भएको अध्यक्ष प्रधानले बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif