nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको झम्केश्वरीमा आइपीएम पाठशाला सकियो

IPM-2-1532759470.jpg

थाहा नगरपालिकाको झम्केश्वरी आइपीएम (एकीकृत शत्रुजीव व्यवस्थापन) पाठशालाको एक समारोहकाबीच समापन गरिएको छ । कृषि तथा वन विश्व विद्यालय अनुसन्धान तथा प्रचार निर्देशनालय कृषि विभागको आयोजनामा भएको पाठशालाको १४ औं हप्तामा समापन गरिएको हो । 

समापनको अवसरमा कृषि प्राविधिक राजेन्द्र रेग्मीले रोग किराको विषयमा किसानहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा डाक्टर नवराज देवकोटा, दुर्गा देवकोटा लगायतको विशेष उपस्थिती रहेको थियो । पाठशालामा खुम्रे किरा, लाही किरा, रातो कमिला नियन्त्रणको विषयमा केन्द्रीत रहेको कृषि प्राविधिक संगिता खतिवडाले जानकारी दिइन् । 

समापन कार्यक्रममा कृषक समूहमा आवद्ध कृषकहरु, प्राविधिक सृजना पौडेललगायतको उपस्थिती थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)