nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका मेयर विष्टले भने–अहिले शुभकामना मात्र, बधाइचाहिँ ५ वर्षपछि

jaycees-badhai-copy-1654360508.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले  जनप्रतिनिधिहरुलाई अहिले शुभकामना मात्र दिन आग्रह गरेक छन् । उनले अघि भने– बधाइ अहिले होइन, ५ बर्षमा जनताको काम कति गर्यो भनेर मुल्याङ्कन गरेर कार्यअवधि सकिएपछि मात्र बधाइ दिने कि नदिने भन्ने हुन्छ ।

आज २१ जेठमा पालुङ जेसीजले जेसिज भवनमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना कार्यक्रममा प्रमुख बिष्टले उक्त कुरा बताएका हुन् ।

उनले अब बन्ने नीति तथा कार्यक्रममा थाहाका समग्र जनताको भावनालाई कदर गर्दै कार्यक्रम बनाउने तथा यसको लागि सबै सरोकारवालाहरुसंग छलफल गरेरै अगाडि बढ्ने बताए ।

कार्यक्रममा पालुङ जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम केसीको अध्यक्षता रहेको थियो भने थाहा नगरका प्रथम मेयर लबशेर बिष्ट, निवर्तमान मेयर खड्गबहादुर गोपाली, नवनिर्वाचित मेयर बिष्ट आदश , उपमेयर भरत गोपाली, पालुङ जेसीजका पूर्वअध्यक्षहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरू मनोज रायमाझी(अध्यक्ष २०२०), विजयश्याम अमात्य (अध्यक्ष –२०१८), जेसी शिव कुमार खत्री(अध्यक्ष २०१६), प्रदिप प्रधान  (अध्यक्ष –२०१४), ओमकर बिष्ट (अध्यक्ष –बर्ष २०११), सुरेन्द्रमान प्रधान (अध्यक्ष –२०१०), रामप्रसाद ढकाल(अध्यक्ष २००६),जेसी सानोभाइ कार्की(अध्यक्ष –२००५)  को उपस्थिति रहेको थियो ।

कार्यकारिणी उपाध्यक्ष सुविन्द्रमान प्रधानको स्वागत मन्तव्य रहेको कार्यक्रममा  पालुङ जेसीज बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष सञ्जय गोपालीको संयोजन रहेको थियो भन महासचिब  निरज रायमाझीले समारोह सञ्चालन गरेका थिए ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)