nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका नगरप्रहरीलाई पद तथा गोपनियताको सपथ

darjyani-1696504727.jpg

थाहा नगरपालिकाका नगर प्रहरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । १८ असोजमा १० दिने तालिमको समापन गर्दै १० जना नगर प्रहरीलाई नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । उनीहरुलाई नगर उपप्रमुख भरत गोपालीले प्रमाणपत्र प्रदान गरेका थिए । 

त्यसअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए । 

तालिममा सहभागी १० जना सबै उत्तीर्ण भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । तालिममा रमेश थिङलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगर प्रहरी सहायक निरीक्षक किरण गिरी, हवल्दार संग्राम खत्री र मनोज केसी तथा  जवानहरु रामशरण गोपाली, तिर्थराम विष्ट, सुरज विष्ट, सविन विष्ट, कमल कार्की, रमेश थिङ र श्रमिक लामा रहेका छन् । 

थाहा नगरपालिकाले पहिलोपटक नगर प्रहरीको व्यवस्था गरेको हो । जिल्लामा नगर प्रहरीको व्यवस्था गर्ने थाहा नगरपालिका दोस्रो स्थानीय तह हो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)