Monday, 15th June, 2026
वि.स.

थाहाका तीनवटा वडाका उपभोक्ता समितिलाई अनुशिक्षण

थाहा नगरपालिकाको तीन वडा वडामा गठन भएका उपभोक्ता समितिका पदाअधिकारीहरुलाई अनुशिक्षण दिइएको छ । 

थाहा नगरपालिकाको पाँचौं नगरसभाबाट स्वीकृत भएको योजनाहरु आर्थिक वर्ष २०७६/०७७ मा संचालनको लागि उपभोक्ताहरुलाई नगरपालिकाले अनुशिक्षण दिएको हो । नगरपालिकाले ८ असोजमा वडा नम्बर ३, ४ र ५ का उपभोक्ता समितिका पदाअधिकारीहरुलाई थाहानगरको विकास घरमा अनुशिक्षण दिएको हो । समितिका पदाअधिकारीहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सहजीकरण गरेका थिए । उनले उपभोक्ता समिति गठन प्रक्रियादेखि योजना संचालन तथा फछ््र्यौटसम्मको प्रक्रियामा गर्नुपर्ने कार्यको विषयमा सहजीकरण गरेका थिए । 

थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसीको सभाध्यक्षतामा भएको अनुशिक्षणमा वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामा, थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहरा, योजना शाखाका प्रकाश कुमार लामा, ५ नम्बर वडा सचिव गुण बहादुर केसी, वडा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।  

थाहा नगरपालिकाले वडा नम्बर ११ र १२ बाहेकका वडाहरुमा यस किसीमको अनुशिक्षण सम्पन्न गरिसकेको योजना शाखाले जानकारी दिएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०