Wednesday, 17th June, 2026
वि.स.

थाहाका कर्मचारीले विपदका लागि २ लाख ३४ हजार सहयोग गरे

karmachari-1586410898.jpg

थाहा नगरपालिकामा कार्यरत् सबै कर्मचारीले नगर विपद कोष १ लाख ३४ हजार ३८ रुपियाँ थप गरेका छन् । कर्मचारीहरुले यसअघि कोषका लागि १ लाख सहयोग गरेकोमा उनीहरुले चैत महिनाको तलबबाट फेरी रकम थपेका हुन् । नगरपालिकाका कर्मचारहिरुबाट कोषका लागि जम्मा २ लाख ३४ हजार ३८ रुपियाँ सहयोग गरेको आर्थिक प्रशासन महाशाखा प्रमुख विष्णु भुसालले जानकारी दिए। 

नगरपालिकाका कर्मचारीहरु मध्ये अधिकृतस्तर कर्मचारीबाट ५ दिन र सहायकस्तर कर्मचारीबाट ३ दिनको तलब बापत हुने रकम सहयोग गरेको प्रमुख भुसालले जानकारी दिए । कर्मचारहिरुले उक्त सहयोग रकम २६ चैतमा बैंक दाखिला गरिसकेका छन् ।