Friday, 19th June, 2026
वि.स.

थप ८९९ जनामा कोरोना पुष्टि, १३५९ संक्रमित कोरोनामुक्त

corona-photo-1607769636.jpg

पछिल्लो २४ घण्टामा देशभर ८९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । यसैगरी गत २४ घण्टामा १ हजार ३५८ संक्रमित  कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ६८९ पुगेको छ  । हाल नेपालमा ११ हजार ६७३ सक्रिय कोरोना संक्रमित रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०