nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थप ७२ जनामा कोरोना पुष्टि

test123-1590388210.jpg

सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहटको राजपुर फरहदवा नगरपालिका र इशनाथ नगरपालिकाका १८ देखि ५३ वर्ष उमेर समूहका २६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराको कलैया र कोटवालीका २ जना पुरुष तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल, नेपालगन्ज र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ४ पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला, गुराँस गाउँपालिकाका २ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंको टोखाका २ जना पुरुष र बूढानीलकण्ठका एक जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा बाँकेके दुधवा र राप्ती सोनारी गाउँपालिकाका ४ जना पुरुष र बर्दियाको बाँसगढी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाको नगराइन नगरपालिका(३ का ३ जना पुरुष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४, ५ र ६ का ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये १०५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक र गुल्मीका एकरएक गरी ३ जनाको मृत्यु भएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)