Tuesday, 16th June, 2026
वि.स.

थप ६४१ जनामा कोरोना संक्रमण

gautam-1597575316.jpg

 मुलुकभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

२४ घन्टामा १३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ ।

२४ घन्टामा १२ हजार २४७ परीक्षण गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०