Saturday, 20th June, 2026
वि.स.

थप ५ सय जनामा कोरोना संक्रमण

corona-virous-1608979099.jpg

 नेपालमा आज थप ५ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा थप ५ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

यसैगरि आज थप ८ सय ४० जना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ जना पुगेको छ । यसैगरि नेपालमा हालसम्म कोरोनाको कारण हालसम्म १ हजार ८१९ जनाको मृत्यु भएको छ । आज देशभर थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०