Tuesday, 16th June, 2026
वि.स.

थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो

c-1589613682.jpg

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ११ः३० बजे अध्यावधिक गरेको विवरणअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पोजिटिभ देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।

नयाँ पुष्टि भएका स।क्रमितमा कपिलवस्तु, शिवराज न। पा। चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन्।

मन्त्रालयले १० बजे जारी गरेको सूचनामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । शनिबार मात्रै कोरोना संक्रमणको पुष्टि हुने ९ जना पुगेका छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०