Tuesday, 16th June, 2026
वि.स.

थप २७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५३ सय ३५ पुग्यो

gautam-1592045089.jpg

 नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ।।पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार शनिबार २७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ सय पुगेको हो। 

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ९१३ पुगेको छ । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् ।  शनिबार संक्रमण पुष्टि भएका २७३ मध्ये २४७ पुरुष र ३६ महिला छन् । 

४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ । ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०